काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ एकेडेमी र पर्वतीय खेलकुद महासंघ नेपालको संयुक्त आयोजनामा पर्वतीय खेलकुदको विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।
पासाङ ल्हामु पर्वतारोहण एकेडेमीमा बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा नेपालमा पर्वतीय खेलकुदको अवस्था र सम्भावनाबारे जानकारी गराईएको थियो ।
अन्तरक्रियामा एनएसजेएफमा आबद्द विभिन्न मिडियाका खेलकुद पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले पर्वतीय खेलकुदको बारेमा जानकारी गराएका थिए ।
भट्टराईले पर्वतीय खेलकुदबारे जानकारी गराउँदै महासंघको काम कर्तव्य तथा उदेश्यबारे प्रकाश पारेका थिए ।

प्रख्यात आरोही, पर्वतिय खेलुकद महासंघ नेपालकी बोर्ड सदस्य तथा पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरकी माया गुरुङले वाल क्लाइम्बिङबारे जानकारी गराएकी थिइन् ।
गुरुङले वाल क्लाइम्बिङ व्यक्तिगत खेल भएको कारण यसलाई खेलकुदको रुपमा विकास गर्न लागिपरेको जानकारी गराईन।
अन्तरक्रियामा नेपाल र्याफ्टिङ तथा क्यानोईङ संघका महासचिव तथा हालै विश्व र्याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका सुदीप राज गौतम लगायतको उपस्थिति रहेको थियो ।
