एजेन्सी । स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै स्पेन स्वर्ण नजिक पुगेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो नायक बने । उनले खेलको ११५ औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
एसेन्सियोले मिकेल ओयार्जाबलको पासमा गोल गरे ।
अब स्पेनले स्वर्ण पदकको लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराएर फाइनल यात्रा तय गरिसकेको छ ।
