काठमाडौं । ललितपुरे 'ए' डिभिजन क्लब थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
थ्री स्टारले श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।
प्रशिक्षक श्रेष्ठ र थ्री स्टारबीच मंगलबार औपचारिक रुपमा सम्झौता भएको छ ।
थ्री स्टारले नयाँ सिजनको लिगका लागि श्रेष्ठनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
'खेलाडीको रुपमा ए डिभिजन लिग जितेको छु । म तेस्रो पटकको ए लिगको उपाधि थ्री स्टारको प्रशिक्षकको रुपमा जित्न चाहन्छु,' सम्झौतापछि उनले भने ।
प्रशिक्षक श्रेष्ठले यस अघि पनि थ्री स्टार हेरेका थिए । श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले मकवानपुरको चौंथो बागमती को फुटबलको उपाधि जितेको थियो ।

एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठले यसअघि बिग्रेट ब्वाइजबाट ए डिभिजन लिगको नेतृत्व गरिसकेका छन् । उनले ब्रिगेड ब्वाइजलाई ललित स्मृति यू–१८ च्याम्पियनसिप समेत जिताएका थिए ।
२०५४ सालमा थ्री स्टारबाट व्यवसायीक फुटबल करियर सुरु गरेका श्रेष्ठले पहिलो सिजनमै च्याम्पियन बनेका थिए । उनले मनाङबाट समेत व्यवसायीक लिग खेले र २०५७ मा च्याम्पियन बने ।
खेल्ने क्रममा हात भाँचिएपछि उनले सक्रिय फुटबल करियरलाई विश्राम लगाएका थिए । र प्रशिक्षणमा केन्द्रित भएका थिए ।
यस वर्षको 'ए' डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ ।