एजेन्सी । ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम चारमा पुगेको हो।
ब्राजिलको जितमा माथिएस कुन्हाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका थिए ।
अब ब्राजिलले सेमिफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।
मेक्सिको दक्षिण कोरियालाई ६-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
अर्को सेमिफाइनलमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

