एजेन्सी । जापानको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा न्युजिल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै जापान अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा जापानले बाजी मार्यो ।
पेनाल्टीमा जापानका माया योशिदा, को इताकुरा, अयासे उएडा र युता नाकायामाले गोल गरे ।
न्युजिल्याण्डका क्रिस उड र कलुम म्याककोवाटले मात्र गोल गरे ।
