एजेन्सी । स्पेनिस क्लब रियम मड्रिडका राइट ब्याक ड्यानी कार्भाहालले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
रियलले बिहीबार स्पेनिस डिफेन्डर कार्भाहालले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरण गरेसँगै कार्भाहाल २०२५ को जुन ३० सम्म रियलमा रहने छन् ।
कार्भाहाल सन् २०१३ मा जर्मन क्लब बायर लिभरकुसेनबाट रियल आएका थिए ।
२९ वर्षीय डिफेन्डरले रियलका लागि १ सय ९९ ला लिगा खेलमा ४ गोल गरेका छन् ।
कार्भाहालले रियलबाट ४ च्याम्पियन्स लिग र २ ला लिगाको उपाधि जितिसकेका छन् ।
गत सिजन चोटका कारण उनले १३ ला लिगासहित कुल १७ खेल खेलेका थिए ।
उनले स्पेनका लागि २५ खेल खेलिसकेका छन् ।
