काठमाडौं । उत्तर कोरियाले एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको छ ।
उत्तर कोरियाले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ ।
छनोट चरणमा उत्तर कोरिया इस्ट जोनको समूह 'के' मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया रहेको थियो ।
एएफसी यू-२३ एसियन कप उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुनेछ ।
यस प्रतियोगिताका लागि नेपालले समेत छनोट खेल खेल्नेछ ।
वेस्ट जोनको छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
यस्तै उत्तर कोरियाले भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको एएफसीले जनाएको छ ।