एजेन्सी । नेदरल्यान्ड्सका डिफेन्डर प्याट्रिक भानले इंग्लिस क्लब क्रिस्टल प्यालेस छाडेका छन् ।
क्रिस्टलसँगको सम्झौता अन्त्य गर्दै प्याट्रिक टर्किस क्लबमा अनुबन्धित भएका छन् ।
प्याट्रिकले टर्किस क्लब गलातासारेसँग तीन वर्षको सम्झौता गरेका छन् ।
उनी २०२४ को जुन ३० सम्म टर्किस क्लबमा रहने छन् ।
३० वर्षीय डच डिफेन्डर २०१७ मा क्रिस्टल आएका थिए ।
क्रिस्टलका लागि उनले १ सय ३४ खेल खेलेका छन् ।
चेल्सीका पूर्व खेलाडी रहेका प्याट्रिकले युरोकप २०२० मा ४ खेल खेलेका थिए ।
