एजेन्सी । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले डिफेन्डर जोआकिम एन्डरसनलाई अनुबन्धित गरेको छ ।
क्रिस्टलले फ्रेन्च क्लब लियोनबाट डिफेन्डर एन्डरसनलाई अनुबन्धित गरेको हो ।
डेनिस सेन्टर ब्याक एन्डरसनले क्रिस्टलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन भने एन्डरसनले फुलहमबाट लोनमा खेलेका थिए ।
२५ वर्षीय एन्डरसनले फुलहमका लागि ३१ खेलमा १ गोल गरेका थिए ।
एन्डरसन युरोकप २०२० खेल्ने डेनिस टिममा रहेका थिए ।
युरोकपमा उनले ३ खेल खेलेका थिए ।
