एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड डिफेन्डर डेभिड अलाबालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रियलले एक सूचना निकाल्दै अलाबालाई कोरोना संक्रमण भएको जनाएको छ ।
प्रशिक्षण अघि पीसीआर परिक्षण गर्दा अष्ट्रियन डिफेन्डरलाई कोरोना देखिएको हो ।
कोरोना भाईरसको संक्रमण देखिएपछि अलाबा सेल्फ आईसोलेसनमा बसेका छन् ।
गत हप्ता फरवार्ड करिम बेन्जिमालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।