एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको मैत्रीपूर्ण खेलमा युनाईटेड ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
ओल्ड ट्राफोर्डमा युनाईटेडका लागि एन्थोनी एलंगा र आन्द्रेस पेरीराले एक एक गोल गरे ।
ब्रेन्टफोर्डका शानडोन बाप्टिस्टे र ब्रायन एमबेउमोले एक एक गोल गरे ।
मैत्रीपूर्ण अन्तर्गत नै टोटेनहमले मिल्टनलाई ३-१ ले हराएको छ ।
टोटेनहमको जितमा सन ह्युङ्ग मिन, डेली अली र लुकास मौराले एक एक गोल गरे । मिल्टनका जोन फ्रिम्यानले एक गोल फर्काए ।
लिड्स युनाईटेडले ब्लाकबर्नसँग १-१ गोलको बराबरी खेलको छ ।
