एजेन्सी । इंग्ल्यान्डका पूर्व डिफेन्डर एस्ले कोल इंग्ल्यान्डको पुरुष यू-२१ टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
इंग्ल्यान्डले कोललाई युथ टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
चेल्सीका पूर्व लेफ्ट ब्याक कोलले २०१९ को अगस्टमा खेल जीवनबाट सन्यास लिएका थिए ।
कोलले यस अघि चेल्सीको एकेडेमी हेरेका थिए ।
४० वर्षीय कोलले इंग्ल्यान्डको लागि १ सय ७ खेल खेलेका थिए ।
यस्तै इंग्ल्यान्डले टिमको मुख्य प्रशिक्षकमा ली केभिन कार्स्लीलाई नियुक्त गरेको छ ।
रिपब्लिक अफ आयरल्याण्डका ली यस अघि इंग्ल्यान्डको यू-२० टोलीका प्रशिक्षक रहेका थिए ।