काठमाडौं । जवालाखेल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिगका लागि खेलाडी अनुबन्धको प्रक्रिया सकेको छ ।
ललितपुरे 'ए' डिभिजन क्लब जावलाखेलले नयाँ सिजनका लागि कुल ४० खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।
जावलाखेलले केहि नयाँ खेलाडीलाई भित्र्याउदै र पुराना खेलाडीको सम्झौता नवीकरण गर्दै दुई लिगका लागि ४० खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।
शीर्ष डिभिजनको 'ए' लिग र राष्ट्रिय लिग एकै समयमा हुने भएको कारण ठुलो संख्यामा खेलाडी अनुबन्ध गरिएको जावलाखेलले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ । एन्फाको क्यालेन्डरमा भदौको मिति राखिएपनि राष्ट्रिय लिगको मिति तय भएको छैन ।

जावलाखेलले घरेलु फुटबलमा चम्किएका अमिर श्रेष्ठ, सुनिल खड्का लगायतका नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
'टिम सन्तुलित बनेको छ । यसपटकको लिगमा उत्कृष्ट चारमा पर्ने योजनाका साथ मेहेनत गर्दै अघि बढेका छौँ,' जावलाखेलका टिम व्यवस्थापक कबिर बस्नेतले भने ।
अघिल्लो सिजनको लिगमा जावलाखेल शीर्ष ६ मा रहेको थियो ।
जावलाखेलले टिमको कप्तानी कुलदिप कार्कीलाई नै दिएको छ । टेकेन्द्र थापाले गोलपोस्ट सम्हाल्ने छन् ।
विदेशी कोटामा अर्मान्ड, पेपे र कोइकलाई अनुबन्ध गरेको छ ।
दक्षिण एसियन कोटाका खेलाडी भने अनुबन्ध गर्न बाँकी रहेको क्लबले जनाएको छ ।
जावलाखेलका मुख्य प्रशिक्षकमा किशोर केसी रहेका छन् । सहायक प्रशिक्षक नरेश थापा छन् ।

जावलाखेलका प्रमुख खेलाडी :
कुलदिप कार्की (कप्तान), अमिर श्रेष्ठ, टेकेन्द्र थापा, रुप बहादुर लामा, सोजित गुरुङ, सुरज ज्यु ठकुरी, गौरव श्रेष्ठ,श्रीमान्त थापा, राजेन्द्र रावल, अर्मान्ड, पेपे, कोइक, सन्त गुरुङ, सुनिल खड्का, मनोज श्रेष्ठ,शुशिल यादव, विनोद केसी, सन्तोष दाहाल, ईश्वर गुरुङ, निशन न्यौपाने, निराजन खत्री, सन्जिब कार्की, विजय ठकुरी