काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिन बस्नेतले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रशिक्षक बस्नेतले नयाँ सिजनको लिगका लागि शेर्पासँगको सम्झौता नवीकरण गरेका हुन् ।
महाबिर क्लब र जावलाखेल क्लबका पूर्व खेलाडी बस्नेत अघिल्लो सिजन पनि शेर्पामै आबद्द थिए ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा बस्नेत धनगढी एफसीको गोलकिपर प्रशिक्षक रहेका थिए । धनगढी उपविजेता बनेको थियो ।
शेर्पाले नयाँ सिजनको लागि मुख्य प्रशिक्षकमा युगल किशोर राईलाई अनुबन्ध गरिसकेको छ ।
एनएसएलमा राई धनगढीको मुख्य प्रशिक्षक रहेका थिए ।
नयाँ सिजनको 'ए' लिग असोज ३ गतेबाट सुरु हुनेछ ।