एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले अगस्ट पहिलो साता लियोनल मेस्सीसँग नयाँ सम्झौता गर्ने भएको छ ।
बार्सिलोनाले अगस्ट २ मा मेस्सीसँग नयाँ सम्झौता गर्ने योजना बनाएको स्पेनिस अनलाइन स्पोर्टले जनाएको छ ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीसँगको सम्झौता अगस्ट पहिलो साता हुने पुष्टि गरेको स्पोर्टले जनाएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ ।
क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । तर, मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।
मेस्सी अहिले छुट्टिमा रहेका छन् । स्पेन फर्किएपछि मेस्सी नयाँ सम्झौता गर्दै टिमको प्रि-सिजन तयारीमा जुट्ने बताईएको छ ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।