एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड फ्रेन्च डिफेन्डर राफायल भरान अनुबन्धको नजिक पुगेको छ ।
स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर अनुबन्धको लागि युनाईटेडले अन्तिम चरणको कामहरु गरिरहेको गोल डटकमले जनाएको छ ।
युनाईटेडले यस हप्ता भित्र भरानसँग सम्झौता गर्ने गोल डटकमले जनाएको छ ।
युनाईटेडले भरानलाई ४५ मिलियन युरो देखि ५५ मिलियन युरोसम्म खर्चने बताईएको छ ।
विंगर जाडोन सान्चो अनुबन्ध गरिसकेको युनाईटेडले भरान अनुबन्धलाई समेत प्राथमिकतामा राखेको छ ।
भरान फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य हुन् ।
फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए ।