एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१ औं मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

खेलको ४२ औं मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ८५ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।
हालै बार्सिलोनामा अनुबन्धित भएका डिपेले क्लबका लागि पहिलो खेल खेल्दै गोल गरेका हुन् ।
