एजेन्सी । युभेन्ट्सका उपाध्यक्ष पावेल नेवेदले क्रिस्टियानो रोनाल्डो यस सिजन क्लबमै बस्ने बताएका छन् ।
रोनाल्डो यस सिजन सिरि ए क्लब छाड्ने तयारीमा छन् । गत सिजनमा खराब समय बिताएपछि रोनाल्डो सिरि ए क्लब युभेन्ट्सबाट टाढिएका हुन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पोर्चुगिज फरवार्ड रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको चर्चा छ । युभेन्ट्ससंग रोनाल्डोको सम्झौता सकिन एक वर्ष बाँकी छ ।
क्लबका उपाध्यक्ष नेवेदले ३६ वर्षिया फरवार्ड कतै नजाने उल्लेख गर्दै बिदा सकेर अर्को हप्ताबाट उनले तयारी सुरु गर्ने बताएका छन् ।
मैत्रीपूर्ण खेलपछि उनले भने, ‘रोनाल्डोलाई जुलाइ २६ मा बोलाइएको छ । उनी सोमबार फर्कनेछन् । र हामीसंगै रहनेछन् ।’
रोनाल्डोले सन् २०१८ मा रियल मड्रिडबाट टुरिन क्लब आएका थिए । उनले सिरि ए आएपछि ९७ खेलमा ६१ गोल गर्दै क्लबमा प्रभाव समेत छाडे ।
उनले गत सिजन समेत ३३ खेलमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
रोनाल्डोले युरो २०२० मा समेत उत्कृष्ट प्रर्दशन गरे । तर पोर्चुगल नकआउटमा भन्दा अघि बढ्न सकेन । उनी युरोका सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।