एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखले डच क्लब आयाक्ससँग बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको दशौँ मिनेटमा जाकारिया लाब्याडले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए ।
तर, ४० औं मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४८ औं मिनेटमा तान्गुए नियान्जोले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा भिक्टर जेन्सेनले गोल गर्दै आयाक्सलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
