एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
शनिबार भएको खेलमा युनाईटेड च्याम्पियनसिप क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग ४-२ गोल अन्तरले पराजित भएको हो ।
कियन प्रिन्स स्टेडियममा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड पराजित भएको हो ।
क्यूपीआरलाई जित दिलाउन लिन्डन डायक्सले दुई गोल गरे । यस्तै चार्ली अस्टिन र मोसेस ओडुबजोले एक एक गोल गरे
युनाईटेडका जेसे लिंगार्ड र एन्थोनी एलांगाले एक एक गोल फर्काए ।
