सोनिया पहिलो खेलमै पराजित
काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् ।
शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।
१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।
सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।
उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

इरिना भने रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेका छिन् ।
डोपिङको कारण प्रतिबन्धमा पर्दा रुसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाएका छैनन् ।
तर, स्वतन्त्र रुपमा ओलम्पिकको झण्डामुनि बसेर रुसका खेलाडीले ओलम्पिक खेलिरहेका छन् ।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
