अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी

नेपालगन्ज । अन्तर्राष्ट्रिय जुडो महासंघको आयोजनामा स्विट्जरल्यान्डमा आयोजना हुने तालिममा बाँकेका दुई खेलाडी पर्न सफल भएका छन् ।
खजुरा गाउँपालिकामा रहेको मंगोलियन जुडो क्लबका आयुष सिंह साउद र सम्झना थापा एक हप्ते तालिममा सहभागी हुने भएका हुन् ।
मंगोलियन जुडो क्लबका अध्यक्ष तथा प्रशिक्षक विजय गुरुङका अनुसार सन् २०२१ अगष्ट १ देखि ७ सम्म संचालन हुने तालिममा नेपालबाट बाँकेका दुई जना मात्र खेलाडी छनौट भएका हुन् ।
'उक्त तालिममा विस्वभरका जुडो खेलाडीहरुको सहभागिता हुन्छ । नेपालबाट भने बाँके जिल्लाका दुईजना खेलाडी मात्र पर्न सफल भएका छन् । नेपाल अधिराज्यबाट राम्रा र सफल खेलाडीहरु छनोट गर्दा बाँके मंगोलियन जुडो क्लबका खेलाडी पर्न सफल भएका हुन्,’ प्रशिक्षक गुरुङले भने ।
तालिमका लागि उनीहरु बिहीबार त्यसतर्फ जाने छन् । उनीहरुलाई प्रशिक्षकले गुरुङले बुधबार विदाइ गरेका छन् ।
टोकियो ओलम्पिकमा पनि मंगोलियन जुडो क्लबकै सोनिया भट्ट नेपालको प्रतिनिधि गर्दै जापान गएकी छिन् ।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
