बिहिबार, ०१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सिलवाल नेतृत्वकाे टोली आज जापान जाने

बिहिबार, ३१ असार २०७८खेलपाटी संवाददाता
सिलवाल नेतृत्वकाे टोली आज जापान जाने
mustang rice ad

काठमाडौं ।  टोकियो ओलम्पिकमा नेपालको 'सेफ द मिसन' रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज (शुक्रबार) जापान प्रस्थान गर्ने भएकाे छ।

नेपाल ओलम्पिक कमिटि (एनओसी)ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ ।

सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।

दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छिन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र  सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन् ।

त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा नबिस मान सिंह प्रधान जापान जाने छन् ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जाने छन् । अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्धय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहेका छन् ।

यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप-महासचिव पिताम्बर तिम्सिना रहेका छन् ।

यसअघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसकेका छन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच  खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ ।

ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित

धुवाँले रोकिएको खेलमा बायर्नको पुनरागमन जित