फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा
बिहिबार, असार ३१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । टाइसन फुरी र डिओन्टटी वाइल्डरबीचको बहुप्रतिक्षित फाइट अक्टोबरमा हुने भएको छ ।
डब्लुबीसी विश्व हेविवेट च्याम्पियन उपाधिका लागि हुने फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबर ९ मा हुनेछ । चर्चित भिडन्त अमेरिकाको लास भेगासमा हुनेछ ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
सन् २०२० को फेब्रुवरीमा फुरीले अमेरिकी बक्सर वाइल्डरलाई हराएर डब्लुबीसी च्याम्पियन बनेका थिए ।
३२ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । ३५ वर्षीय वाइल्डरले ४४ फाइटमा एक हार व्यहोरेका छन् ।








-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)





