एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लेष्टर सिटीले डिफेन्डर रायन बेर्ट्रान्डलाई अनुबन्धित गरेको छ ।
लेष्टरले साउथह्याम्पटनबाट रायनलाई क्लब भित्र्याएको हो । रायनले लेष्टरसँग दुई वर्षको सम्झौता गरेका छन् ।
'लेष्टरमा आबद्द हुन पाउदा खुशी छु । म अझै करियरमा केहि प्राप्त गर्न चाहन्छु,' सम्झौतापछि उनले भनेका छन् ।
३१ वर्षीय लेफ्ट ब्याक २०१५ मा चेल्सीबाट साउथह्याम्पटन आएका थिए ।
त्यसअघि उनले एक सिजन लोनबाट साउथह्याम्पटनमै खेलेका थिए ।
इंग्लिस डिफेन्डरले साउथह्याम्पटनको लागि २ सय ४० खेल खेलेका छन् ।
इंग्ल्यान्डका लागि उनले १९ खेलमा १ गोल गरेका छन् ।
