एजेन्सी । इंग्लिस क्लब उल्भ्सले पोर्चुगिज गोलकिपर जोसे सालाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिग क्लब उल्भ्सले शुक्रबार गोलकिपर जोसेलाई अनुबन्धित गरिएको जनाएको छ । उल्भ्सले ग्रीसको ओलम्पियाकोसबाट जोसेलाई अनुबन्ध गरेको हो ।
गोलकिपर रुइ प्याट्रिसियो इटालियन क्लब रोमा गएपछि उल्भ्सले जोसेलाई क्लब भित्र्याएको हो ।
२८ वर्षीय गोलकिपर जोसेले उल्भ्ससँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२६ सम्म उल्भ्समा बस्ने छन् ।
जोसेले ग्रीसको क्लबका लागि १ सय २४ खेल खेलेका थिए । जसमा ६२ क्लिन सिट राखेका थिए । गत सिजनको लिगमा उनले २९ खेल खेलेका थिए ।