काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट भदौमा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' डिभिजन छनौट भदौ १ गतेबाट सुरु हुने जनाएको छ ।
एन्फाले छनौटमा सहभागी क्लबका लागि टिम दर्ता खुलेको समेत जनाएको छ ।
एन्फाले छनौटमा सहभागिता जनाउने क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नु पर्ने जनाएको छ ।
एन्फाले दर्ता शुल्क ३० हजार राखेको छ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।
