काठमाडौं । शेर्पा आउटडोर प्रालिको केटीएम सिटीले सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई प्रायोजन गरेको छ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले बिहीबार शेर्पा आउटडोरसँग दुई वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी प्रायोजक समेत हो ।
मनाङका अध्यक्ष मुखिया गुरुङ र शेर्पा आउटडोरका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हरेक दुई वर्षपछि सम्झौता नवीकरण गरिने बताईएको छ । सम्झौता रकम गोप्य राखिएको छ ।
सम्झौतासँगै केटीएम सिटी मनाङको किट्स पार्टनर को रुपमा रहनेछ । आगामी 'ए' डिभिजन लिगमा मनाङले केटीएम सिटीको जर्सी लगाउने छ। 'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु हुनेछ।
यस्तै मनाङलाई आवश्यक जर्सी, ट्रयाक सुट, मोजा, ज्याकेट, ट्रेनिङ जर्सी लगायत आवश्यक सामग्री केटीएम सिटीले उपलब्ध गराउनेछ । मनाङको आधिकारिक जर्सीहरु केटीएम सिटीले बिक्री वितरण गर्न पाउने छ ।
यस अघि मनाङको किट्स पार्टनर केल्मी रहेको थियो ।