एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानको महिला टिमले अष्ट्रेलियाको महिला टिमलाई पराजित गरेको छ ।
बुधबार राति भएको मैत्रीपूर्णमा जापानले अष्ट्रेलियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा माना इवाबुचीले निर्णायक गोल गरिन् ।
मानाले खेलको ५४ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेकी हुन् ।
ओलम्पिकको तयारीका लागि जापान र अष्ट्रेलियाले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
जापानमा आयोजना हुने टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
ओलम्पिकको महिला फुटबलमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।