बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेप बोर्ड बैठक स्थगित

मंगलबार, २९ असार २०७८खेलपाटी संवाददाता
राखेप बोर्ड बैठक स्थगित
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक स्थगित भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका कारण असार ३० गतेका लागि बोलाईएको बोर्ड बैठक स्थगित भएको हो ।

सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै नयाँ सरकार गठनको परमादेश जारी गरेसंगै प्रधानमन्त्री ओली नेतृत्वको सरकार बहिर्गमनको अवस्थामा छ ।

ओली नेतृत्वको सरकारका खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा आह्वान गरिएको राखेप बैठक समेत स्थगित बनेको हो ।

राखेप कार्यकारी समितिका सचिव कुलबहादुर थापाले असार ३० गतेको बोर्ड बैठक स्थगित गरिएको खेलपाटीलाई बताए ।

राखेप प्रशासन महाशाखा प्रमुख समेत रहेका थापाले मन्त्रीनै नभएको अवस्थामा बोर्ड बैठक बस्न नसक्ने बताए । उनले नयाँ मन्त्रीको आगमनसंगै बैठकको प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।

‘मन्त्री नभएको अवस्थामा बैठक बस्ने अवस्था रहेन । तत्काललाई स्थगित भन्दा हुन्छ । नयाँ मन्त्री आएपछि बैठकको प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।

खेलकुद मन्त्री श्रेष्ठसंग परामर्श गर्दै सदस्य सचिव रमेशकुमार सिलवालले असार ३० को बोर्ड बैठक आह्वान गरेका थिए ।

उनले बैठकका कार्यकारी समितिमार्फत एजेण्डा समेत तय गरेका थिए । वार्षिक बजेट र कार्यक्रम पास गर्नेदेखि नवौं राष्ट्रिय खेलकुदको आयोजनाको एजेण्डा बैठकका लागि तय गरेका थिए ।

सोमबार अदालतको आदेशसंगै बोर्ड सदस्यलाई पठाउन तयार पारिएको पत्रलाई फिर्ता लगिएको छ । सदस्य सचिव सिलवालको निर्देशनमा पत्र फिर्ता लगिएको थियो ।

राखेपको बोर्ड बैठक बस्न नसकेको दुई वर्ष भन्दा बढी समय भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको थियो । ऐनले राखेप बोर्ड बैठक वर्षको कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर ऐन आएको वर्ष दिन पुरा भएपनि बोर्ड बैठक बस्न सकेन ।

राजनीतिक अस्थिरतासंगै ओली नेतृत्वको सरकारमा चार जनाले खेलकुद मन्त्रीको जिम्मेवारी पाए । तर बोर्ड बैठक आह्वानमा कसैले चासो देखाएनन् । खेलकुदको जिम्मेवारी समेत पाएका कृष्णगोपाल श्रेष्ठले बोर्ड बैठकको तयारी गरेका थिए । तर बैठक बस्ने दुई दिन अघि ओली नेतृत्वको सरकारनै ढल्न पुगेको छ ।

राखेपको बोर्ड बैठक बस्न नसक्दा खेलकुद संस्थागत रुपमा सञ्चालन हुन सकेको छैन भने खेलकुदका सरोकालवाला निकाय सुशासन, अपारदर्शीता र जवाफदेहिताको पक्षमा कमजोर देखिएका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा