• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कर्णालीको रंगशालालाई गौरवको आयोजना घोषणा
खेलपाटी संवाददाता
सोमबार, असार २१, २०७८ खेलपाटी संवाददाता
कर्णालीको रंगशालालाई गौरवको आयोजना घोषणा
कर्णाली प्रदेशको रंगशाला बन्ने स्थलको अवलोकन गर्दै मुख्य मन्त्री महेन्द्रबहादुर शाही लगायतका प्रदेश खेलकुद परिषद्का पदाधिकारी । फोटो : गण्डकी प्रदेश खेलकुद विकास समिति

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बन्ने प्रदेश रंगशाला निर्माण आयोजनालाई गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को पछिल्लाे बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै प्रदेश रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता सीताकुमारी नेपालीले प्रदेश राजधानी वीरेन्द्रनगरमा बन्ने प्रदेश रंगशाला निर्माण आयोजनालाई प्रदेशको गौरवको आयोजना घोषणा गर्ने निर्णय भएको जानकारी दिईन् ।

संघीय सरकारले सातै प्रदेशमा सात रंगशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार बनेपछि पहिलो बजेटमै यस कार्यक्रमलाई समावेश गरिएको हो । तर लामो समय बितिसक्दा समेत कर्णालीमा प्रदेश रंगशाला निर्माणको काम ठोस रुपमा अघि बढ्न सकेको थिएन । अन्य सबै प्रदेशमा रंगशाला निर्माणको काम र स्तरोन्नतीले गति लिएपनि पिछडिएको प्रदेश कर्णालीमा खेलकुदको पूर्वाधारको अवस्था निकै कमजोर छ ।

‘रंगशाला बनाउने भनेपनि बजेट नआउने अवस्था थियो । आएपनि सानो रकम आउने गर्यो । त्यही रकम समेत फ्रिज हुने अवस्था थियो ।’ प्रदेश खेलकुद विकास समितिमा सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलपाटीसंग भने ।

प्रदेश खेलकुद विकास समितिको गठन र सदस्य सचिव नियुक्तिपछि रंगशाला निर्माण प्रस्तावको रुपमा अघि बढेको हो । रंगशाला निर्माणका लागि नयाँ आर्थिक वर्षमा मात्र प्रदेश सरकारले ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले पहिलो गौरवको आयोजनाको रुपमा रंगशाला बनाउने निर्णय गरेको हो ।

‘प्रदेशको सबैभन्दा पहिलो गौरवको आयोजना हो । अरु गौरवको आयोजना घोषणा भएका छैनन् ।’ सदस्य सचिव सञ्जेलले भने, ‘गौरवको आयोजना घोषणा भएपछि यसले पूर्णता पाउने दबाब बढ्छ । बजेटको कमी हुदैन । जस्तो अवस्थामा समेत बजेट आउने हुन्छ । गौरवको आयोजना भएपछि समयमै काम सम्पन्न गर्न सजिलो हुन्छ ।’

संघीय सरकारले रंगशाला निर्माणका लागि १ करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । सोही अनुसार कम्पाउन्ड निर्माणको काम भईरहेको छ ।

प्रदेश सरकारले रंगशाला निर्माणलाई गौरवको आयोजनाको रुपमा निर्णय गर्दै तीन आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरि टेण्डर निकाल्ने तयारी गरेको छ ।

डीपीआर सहित रंगशाला निर्माणमा झण्डै दुई अर्ब खर्च हुने अनुमान गरिएको छ । वीरेन्द्रनगरको कुइनेपानीस्थित नगरविकासको ९ बिगाहा जग्गामा बन्ने रंगशाला खेलकुद विकास समितिलाई भोगचलन गर्न दिईएको हो ।

‘बहुवर्षिय योजनाका लागि स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढ्दैछ । यो महिनाभित्र टेण्डर निक्लने तयारी छ ।’ सदस्य सचिव सञ्जेलले भने ।

सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने तयारी गरेको छ । नवौं राष्ट्रिय खेलकुद यस वर्ष गण्डकी प्रदेशमा आयोजना हुदैछ ।

सदस्य सचिव सञ्जेलले गौरवको आयोजना घोषणा भएसंगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना सुनिश्चित भएको बताए ।

‘खेलकुदको हिसाबले रंगशाला बन्नु महत्व भैहाल्यो । १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने भनेका छौं । सरकारको गौरवको आयोजना समेत भयो । यसले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सक्छौं भन्ने सुनिश्चित गरेको छ ।’ उनले भने ।

 

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP