आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेशद्धारा राष्ट्रिय लिगलाई ५० लाख !

शनिबार, १९ असार २०७८खेलपाटी संवाददाता
बागमती प्रदेशद्धारा राष्ट्रिय लिगलाई ५० लाख !
Classic Tech Internet Ad

काठमाडौं । बागमती प्रदेश सरकारले राष्ट्रिय लिग फुटबलका लागि ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गर्ने राष्ट्रिय लिग फुटबल कार्यक्रमका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले पहिलो पटक राष्ट्रिय लिगका लागि बजेट विनियोजन गरेको हो ।

एन्फाले आफ्ना कार्यक्रमका लागि प्रदेश सरकारसंग बजेटको व्यवस्था माग गर्दै आएको थियो । सोही अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशमा सञ्चालन हुने प्रतियोगिताका लागि बजेट विनियोजन गरेको हो ।

प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्य भण्डारीले प्रदेशमा हुने राष्ट्रिय लिगमा लागि बजेट विनियोजन गरिएको खेलपाटीलाई जानकारी दिए ।

एन्फाले यस सिजनदेखि ए डिभिजन र राष्ट्रिय लिगलाई संग–संगै सञ्चालन गर्ने तयारी गरेको छ ।

ए डिभिजन असोज ३ गते सुरु हुने निर्णय भईसकेको छ । राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको मिति प्रस्तावित छ ।

प्रदेशको खेलकुद कार्यक्रम सञ्चालनमा निकै अघि देखिएको बागमती सरकारले प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि झण्डै २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सदस्य सचिव भण्डारीले प्रदेशको प्राथमिकतामा परेका खेलहरुको यस वर्ष प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिने बताए ।

बागमती प्रदेशले खेलकुदको प्राथमिकता निर्धारण गर्दै ९ खेलमा लगानी र नतिजा दिने योजना बनाएको छ । बागमती प्रदेश सरकारको प्राथमिकतामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, तेक्वान्दो, कराँते, एथलेटिक्स, ब्याडमिन्टन र स्विमिङ खेलहरु रहेका छन् ।

‘प्राथमिकता निर्धारण गरिएका खेलहरुको प्रदेश स्तरीय प्रतियोगिताका लागि बजेट विनियोजन भएको छ । त्यसमा केही खेल थप हुने सक्नेछन् । भण्डारीले खेलपाटीसंग भने ।

प्रदेश सरकारले यस वर्ष रेफ्री, प्रशिक्षक तालिमदेखि शाहसीक तथा पर्यटकीय खेलको आयोजना सञ्चालन गर्नेदेखि प्रदेश स्तरीय खेल संघलाई खेल सामाग्री खरिदका लागि समेत बजेट विनियोजन गरेको छ ।

खेल प्राविधिकको क्षमता अभिवृद्धि गर्न तालिक सञ्चालन गर्नेदेखि रसुवामा अल्ट्रा म्याराथुनको सम्भाव्यता अध्ययनका लागि समेत बजेट राखिएको सदस्य सचिव भण्डारीले बताए ।

प्रदेश सरकारले यसअघिनै बजेट भाषणमार्फत कार्यक्रम सार्वजनीक गरेपनि शीर्षक सहितका खेलकुदमा परेका कार्यक्रमको सूचि भर्खरै प्राप्त भएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

फ्रेन्ड्स क्लब पुगे आशीष

फ्रेन्ड्स क्लब पुगे आशीष