आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल पत्रकारको सूचनामा पहुँच घट्दै गएकोमा चिन्ता

शुक्रबार, १८ असार २०७८खेलपाटी संवाददाता
खेल पत्रकारको सूचनामा पहुँच घट्दै गएकोमा चिन्ता
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ९७ औं विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शुक्रबार भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दिवसका अवसरमा एनएसजेएफ एकेडेमीले ई–सेमिनारको आयोजना गरेर कोभिड–१९ को खेलकुदमा प्रभाव र स्वास्थ्यका दृष्टिकोणबाट टोकियो ओलम्पिकबारे कार्यक्रम सञ्चालन गरेको हो ।

सेमिनारको उद्घाटनमा एआईपीएसका अध्यक्ष जियानी मिर्लोले कोभिड–१९ को प्रभावसंग खेलकुद प्रतियोगितासंग पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले खेल स्थलसँग पत्रकारको पहुँच घट्दै जानु खेलकुद पत्रकारका लागि चिन्ताको विषय रहेको बताए ।

ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व खेलकुद पत्रकार दिवसको शुभकामना दिनु हुँदै एनएसजेएफ एकेडेमीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले नेपालको ओलम्पिक मुभमेन्टमा खेलकुद पत्रकार मञ्चको योगदान रहेको उल्लेख गर्दै थप सहकार्य गर्दै अघि बढ्न चाहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले कोभिडले खेल क्षेत्रसंगै खेलकुद पत्रकारलाई समेत असर पारेको धारणा राखेका थिए ।  उनले खेल पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा मञ्चसंग यस वर्ष समेत सहकार्य गरिने बताए ।

नेपाल ओलम्पिक एकेडेमीको अध्यक्ष धुव्रबहादुर प्रधानले विश्व ओलम्पिक मुभमेन्टको विषयमा जानकारी गराएका थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष समेत रहेका प्रधानले  विश्वमा ओलम्पिक मुभमेन्टको सुरुवातबारे चर्चा गर्दै यसले खेलकुद मात्र नभएर विश्वमा भाइचारा अभिवृद्धि गर्न सहयोग पुगेको धारणा राखे । ओलम्पिक अभियानकै कारण विश्वमा शान्ति स्थापनामा महत्वपुर्ण योगदान पुगेको उनले बताए  ।

सेमिनारमा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोजकुमार श्रेष्ठले स्वास्थ्यका दृष्टिकोणले यस पटक ओलम्पिक प्रतियोगिता कसरी फरक रहन्छ भन्ने जानकारी गराएका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)ले कोभिडको अवस्था सामान्य बन्दै चाँडै खेल मैदानमा भेट्न मिल्ने विश्वास व्यक्त गरे ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्