आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा नेपालबाट ५ खेलाडी मात्र !

बुधबार, १६ असार २०७८खेलपाटी संवाददाता
ओलम्पिकमा नेपालबाट ५ खेलाडी मात्र !
Loading ad...
mustang rice ad

काठमाडौं । यस वर्ष हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने टुङ्गो लागेको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुङ्गो लागेको हो ।

पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले २९ तारिकसम्म आउने निमन्त्रणाको समय पुरा भएकाले थप वाइल्ड कार्ड अब प्राप्त नहुने बताए ।

‘वाइल्ड कार्ड पाएको भए एनओसीलाई निमन्त्रण आउँछ । आईओसीले २९ तारिकसम्म पुरा हुन्छ भनेको थियो । तर अहिलेसम्म आएन ।’ उनले भने ।

‘आईओसीको छात्रवृत्ति अन्तर्गत खेलाडीलाई ५ सय डलर दिईरहेका थियौं । आईओसीले ५ खेलाडीले ओलम्पिकमा प्रतिनिधित्व गर्ने भएकाले जुन ३० बाट अन्य खेलाडीको छात्रवृत्ति रोकिएको छ भनेर पत्र पठाएको छ । यसबाट समेत आसन्न ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने तय भएको बुझ्न सकिन्छ ।’ श्रेष्ठले थपे ।

ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो । सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए ।

नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् । उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् ।

ओलम्पिकमा ५ खेलाडीले प्रतिनिधित्व गर्ने भएपछि बाँकी खेलाडीले प्राप्त गर्दै आएको छात्रवृत्ति आज बुधबारबाट रोकिनेछ ।

कोभिड महामारीका कारण ओलम्पिकले विभिन्न खेलमा वाइल्ड कार्डको निर्धारण गरेको थियो । सुटिङ्ग र जुडोमा धेरै कोटा निर्धारण गरेका कारण नेपालबाट समेत दुई खेलाडी सहभागी हुने पक्का भएको छ ।

विश्व खेलकुदको महाकुभ्भ मेला यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्