आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लबसंग छलफल गर्दै एन्फा

सोमबार, १४ असार २०७८खेलपाटी संवाददाता
क्लबसंग छलफल गर्दै एन्फा

क्लबसंग छलफल गर्दै एन्फाका पदाधिकारी । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको ए डिभिजन लिग सञ्चालनका सम्बन्धमा क्लबहरुसंग आज (सोमबार) छलफल गर्दैछ ।

एन्फा लिग कमिटिका अनुसार एन्फा हेडक्वार्टरमा हुने छलफल दिउँसो २ बजे सुरु हुनेछ ।

कोरोना महामारीबाट प्रभावित बनेको लिगलाई सुरु गर्न एन्फाले ए डिभिजनका १४ क्लबलाई छलफलमा बोलाएको छ । बैठकले एन्फाले प्रस्ताव गरेको लिगको मिति, ढाँचा लगायत विभिन्न विषयमा निर्णय गर्नेछ ।

एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिगको नयाँ सिजन सुरु गर्ने प्रस्ताव तयार पारेको छ ।

‘ए डिभिजनका १४ क्लबलाई बैठकमा बोलाएका छौं ।’ एन्फा लिग कमिटी निर्देशक संजिब मिश्रले खेलपाटीलाई भने, ‘बैठकले लिगको मिति टुङ्गो लगाउनुका साथै अन्य विभिन्न विषयमा सहमती जुटाउनेछ ।’

यस वर्षबाट एन्फाले शीर्ष डिभिजन लिगलाई लम्ब्याउने तयारी गरेको छ । यसअघि करिब ३ महिना शीर्ष डिभिजनको लिग सञ्चालन गर्दै आएको एन्फाले नयाँ सिजनबाट लिगको अवधि कम्तिमा ६ महिला पुर्याउने योजना बनाएको छ ।

कोरोनाको प्रभावका बीच एन्फाले यस वर्षको लिगलाई मोफसल समेत लैजाने प्रस्ताव गरेको छ । मनाङ लगायतका केही क्लब मोफसललाई आधार बनाउँदै लिग फुटबललाई अघि बढाउन चाहन्छन् । आजको बैठकले त्यस बिषयमा समेत ठोस निर्णय गर्ने बताईएको छ ।

कर्मा छिरिङ शेर्पा एन्फा नेतृत्वमा आएपछि ए डिभिजन लिगको तेस्रो सिजन सञ्चालन गर्न लागिएको हो ।

पहिलो सिजन बिना रेलिगेशनको लिग सञ्चालन गरेका शेर्पाले दोस्रो सिजन एक टिममात्र रेलिगेशनमा जाने लिग सञ्चालन गरेका थिए । तेस्रो वर्ष कोभिडका कारण लिग हुन सकेन ।

कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिगनै भएन । अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७६ मा पुरा हुन नसकेका कार्यक्रमलाई गत वर्ष समापन गरेको थियो ।

सोही अनुसार एन्फाले बी डिभिजन लिगका बाँकी खेल, सी डिभिजन लिग, महिला लिग, एन्फा प्रेसिडेन्ट लिग लगायतका कार्यक्रम पुरा गरेको थियो । घरेलु लिग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो ।

आजको बैठकमा ए डिभिजनको मछिन्द्र, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल, संकटा, न्युरोड टिम एनआरटी, च्यासल युथ क्लब, हिमालयन शेर्पा, फ्रेण्डस् क्लब, एपीएफ क्लब, व्रिगेड ब्वाईज क्लब र बढुवा भएको सातदोबाटो युथ क्लब सहभागी हुनेछन् ।

गत सिजन अन्तिम स्थानमा रहँदै सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको थियो । यस्तै बी डिभिजन लिगमा शीर्षस्थानमा रहँदै सातदोबाटो युथ क्लब ए डिभिजनमा बढुवा भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्