बिहिबार, १४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ओलम्पिकमा पदक जित्ने लक्ष्य हुनुपर्छ'

बुधबार, ०९ असार २०७८खेलपाटी संवाददाता
'ओलम्पिकमा पदक जित्ने लक्ष्य हुनुपर्छ'
Loading ad...
mustang rice ad

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ओलम्पिकमा नेपालले पदक जित्ने लक्ष्य लिनु पर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीले बुधबार आयोजना गरेको 'ओलम्पिक डे'को अवसरमा उपराष्ट्रपति पुनले ओलम्पिकमा नेपालको लक्ष्य पदक जित्ने हुनु पर्ने बताएका हुन् ।

ओलम्पिकमा पदक जित्न नेपाली खेलकुद क्षेत्रले साेही अनुसारको योजना बनाउन आवश्यक रहेको उपराष्ट्रपति पुनले उल्लेख गरे ।  

‘खेलाडीले छनोट चरण पार गरेर कहिले ओलम्पिक पुग्ने ? कहिलेसम्म पदक जित्ने हो ? यसको तालिका बनाएर तयारी र लगानी सरकार र ओलम्पिक कमिटिको गम्भिर ध्यानकर्षण गराउन चाहन्छु ।’ उनले भने ।

उपराष्ट्रपति पुनले सबै खेलको नियमित प्रशिक्षणमा ध्यान दिन आग्रह गरे ।

उनले फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलको नियमित प्रशिक्षण नभएको चर्चा चल्ने गरेको उल्लेख गर्दै सबै खाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण र पुर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले खेलकुद विकासका लागि पुर्वाधार पहिलो सर्त रहेको उल्लेख गर्दै कमजोर पुर्वाधार र न्युनतम सेवा सुविधाका बीच खेलाडीको समुहगत र व्यक्तिगत प्रर्दशन निकै प्रसशनीय रहेको बताए ।

उनले खेलाडीलाई मासिक रुपमा दिने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आउने गरेको बताउँदै यसको निरन्तरताका लागि विशेष ध्यानकर्षण गराए ।

उनले सिमित स्रोत साधनका बीच खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रर्दशन गरेको उल्लेख गर्दै कोभिड चाँडै निको भएर खेल क्षेत्र पुरानै लयमा फर्कने बताए ।

उपराष्ट्रपति पुनले ओलम्पिकमा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा हुनु पर्ने समेत बताए ।

‘विश्व खेलकुद क्षेत्रका लागि यो महान दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’ उपराष्ट्रपति पुनले भने ।

कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका झण्डा झण्डोत्तोलन पनि गरेका थिए । 

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भण्डोत्तोलन गरेका थिए ।

May be an image of 2 people, people standing, outdoors and tree

ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजनमा भएको हो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले कार्यक्रमका अवसरमा ओलम्पिक डेको महत्त्वबारे प्रकाश पारेका थिए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिक डेका अवसर सबै खेलाडीलाई बधाइ दिंदै देशका लागि उच्च प्रदर्शनको अपेक्षा रहेको बताए ।

कार्यक्रममा बोल्दै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिए ।

May be an image of one or more people and people standing

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !

बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा