टोकियो ओलम्पिकमा १० हजार समर्थकलाई अनुमति
सोमबार, असार ७, २०७८खेलपाटी संवाददाता
एजेन्सी । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा १० हजार घरेलु समर्थकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।
टोकियो ओलम्पिक आयोजक कमिटिले सोमबार १० हजार घरेलु समर्थकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको छ ।
तर, कोरोना भाईरसको संक्रमण दर बढेका रंगशाला बन्द गरेर प्रतियोगिता आयोजना गरिने बताईएको छ ।
टोकियो ओलम्पिकमा विदेशी समर्थकलाई भने पूर्ण रुपमा निषेध गरिएको छ ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)