एजेन्सी । फ्रान्सेली फरवार्ड उसमान डेम्बेले युरो कपबाट बाहिरिएका छन् ।
चोटका कारण उनले प्रतियोगिताका बाँकी खेल गुमाउने भएका हुन् ।
फ्रान्सेली फुटबल महासंघले सोमबार डेम्बेले युरो कपबाट बाहिरिएको बताउँदै उपाधिको महत्वकांक्षामा धक्का लागेको बताएको छ ।
शनिबार समूह एफमा फ्रान्सले हंगेरीसंग १–१ गोलको बराबरी खेलेको थियो । सो खेलमा डेम्बेले दोस्रो हाफमा मैदान छिरेका थिए । उनले मैदान छिर्ने बित्तिकै चोट बोकेका थिए । घुँडामा चोट बोक्दै उनी खेल्न नसक्ने भएका थिए ।

‘डेम्बेलेको बुडापेस्टमा आईतबार राति एक्सरे गरिएको थियो ।’ चोटको प्रकृतिबारे विस्तारमा नबताएको फ्रेन्च फुटबल महासंघले बिज्ञप्तीमार्फत भनेको छ ।
‘पुरा निको हुन लाग्ने समयसम्म उनी टिममा रहन सक्दैनन् । खेलाडी र टिमका डक्टरसंग छलफल गरेपछि प्रशिक्षक डिडियर डेसचेम्पले उसमान डेम्बेले प्रतियोगिताबाट बाहिरिएका छन् ।’ बिज्ञप्तीमा भनिएको छ ।

प्रशिक्षक डेसचेम्पसंग अझै आक्रमण गर्ने खेलाडीको विकल्प छ । एन्टोनी ग्रिजम्यानदेखि करिम बेन्जिमा, केलियन एम्बाप्पे फ्रान्सेली टिममा छन् । यस्तै ओलिभर जिराउड, किंग्सले कोम्यान र विसाम विन यदर टिममा समावेश छन् ।
फ्रान्स समूह एफमा ४ अंक सहित रहेको छ । उसले समूह चरणको अन्तिम खेलमा बुधबार पोर्चुगलसंग खेल्नेछ । फ्रान्सले प्रतियोगिताको पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको थियो भने हंगेरीसंग गोल रहित बराबरीमा रोकिएको थियो ।