एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान दुई खेल हुँदैछ ।
ब्राजिलमा जारी प्रतियोगिताको पहिलो खेलमा उरुग्वे र चिली तथा अर्जेन्टिना र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।
समूह एमा चिली र अर्जेन्टिना दुवै अपराजित छन् । दुवै टिमले एक जित र एक बराबरीको नतिजा निकालेका छन् । प्रतियोगितामा अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्य चिली र अर्जेन्टिनाको हुनेछ ।
ब्राजिलको एरिना पन्तनलामा चिली र उरुग्वे भिड्नेछन् । पहिलो खेलमा उरुग्वे मेस्सी प्रेरित अर्जेन्टिनासंग १–० ले पराजित भएको थियो । चिलीले पहिलो खेलमा अर्जेन्टिनासंग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोलिभियालाई १–० ले हराएको थियो । चिली दुई खेलबाट ४ अंक सहित दोस्रो र उरुग्वे एक खेलबाट अंक विहिन हुँदै चौथो स्थानमा छ ।
एस्टाडियो नेश्नल डी ब्रासिलियामा हुने अर्को खेलमा अर्जेन्टिना र पाराग्वे भिड्नेछन् । मेस्सी प्रेरित अर्जेन्टिना प्रतियोगिताको तेस्रो खेलमा पाराग्वेविरुद्ध उत्रदैछ । पहिलो खेलमा चिलीसंग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेलाई १–० ले हराएको थियो । जसमा मेस्सीले विजयी गोल गरेका थिए ।
पाराग्वे समेत शानदार जितको आत्मविश्वास सहित अर्जेन्टिनाविरुद्ध उत्रदैछ । पछिल्लो खेलमा बोलिभियाविरुद्ध ३–१ को शानदार जित निकालेको पाराग्वेले उत्कृष्ट पुनरागमन रचेको थियो ।
अर्जेन्टिनालाई मंगलबार बिहानको खेलमा जित निकाल्दै क्वार्टरफाईनल पुग्ने अवसर समेत छ । पाराग्वेविरुद्धको जितको नतिजाले अर्जेन्टिना सहजै नकआउट चरण पुग्नेछ । तर सन् २०१५ पछि पाराग्वेविरुद्ध जित निकाल्ने नसकेको खराब रेकर्ड अर्जेन्टिनासंग छ ।