मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बेल्जियमलाई फिनल्याण्डको चुनौती

सोमबार, ०७ असार २०७८खेलपाटी संवाददाता
बेल्जियमलाई फिनल्याण्डको चुनौती
Loading ad...
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) राति बेल्जियमले फिनल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा आज बेल्जियम लगातार तेस्रो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

तर, बेल्जियम शतप्रतिशत जितसहित समूह विजेता बन्दै अन्तिम १६ को यात्रा तय गर्ने लक्ष्यमा रहेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्नेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । अर्को चरणमा पुग्न फिनल्याण्डलाई जित अत्यावश्यक रहेको छ । बराबरीले अर्को खेलको नतिजामा निर्भर हुनु पर्नेछ  ।

फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो ।

प्लेयर्स टु वाच -

केभिन डे ब्रुएना – बेल्जियम

चोटका कारण प्लेमेकर ब्रुएनाले रुसविरुद्धको पहिलो खेल गुमाएका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएनाले च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्ध चोट बोकेका थिए ।

तर, डेनमार्कविरुद्ध भने उनी मैदान फर्किएका थिए । उनले मैदान फर्किएको खेलमै उत्कृष्ट प्रदर्शन गरे ।

डेनमार्कलाई २-१ ले पराजित गर्ने क्रममा उनले एक गोल गर्दा एक गोलका लागि पास उपलब्ध गराएका थिए ।

 टोलीका उपकप्तान समेत रहेका ब्रुएना विश्व फुटबलमा अब्बल मिडफिल्डरका रुपमा हेरिन्छ । ब्रुएनाले सन् २०१५ यता सिटीबाट खेलिरहेका छन् । उनले बेल्जियमको उमेर समूहको यू-१८, १९, २१ बाट खेलिसकेका छन् । उनले सिनियर टोलीबाट ८१ खेल खेल्दै २२ गोल गरेका छन् ।

टिमु पुकी -फिनल्याण्ड

टिमु पुकी फिनल्याण्डका अनुभवी खेलाडी हुन् । ३१ वर्षीय स्ट्राइकर अहिले आफ्नो उच्च लयमा रहेका छन् ।

युरोकपको छनोट खेलमा उनले १० खेलमा १० गोल गरेका थिए । तर, जारी प्रतियोगितामा गोल भने गर्न सकेका छैनन् । दुई खेलमा गोल गर्न नसकेपनि उनले विपक्षी डिफेन्डरलाई निकै व्यस्त बनाएका छन् ।

बेल्जियमविरुद्ध पनि उनको प्रदर्शन उच्च रहने अनुमान गरिएको छ । बेल्जियमका डिफेन्डरको टाउको दुखाइको विषय बन्नेछन् पुकी ।

व्यवसायिक फुटबल इंग्लिस क्लब नर्विच सिटीबाट खेलिरहेका पुकीसँग शाल्के, सेभिया जस्ता टोलीबाट खेलेको अनुभव छ । टिमु पुकीले फिनल्याण्डको यू-१५, १६, १७, १८, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।

पुकीले राष्ट्रिय टोलीबाट ९२ खेल खेल्दै ३० गोल गरेका छन् । पुकी उत्कृष्ट फिनिसिङसँगै पेनाल्टी प्रहार गर्न र लामा सट प्रहार गर्न माहिर छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक