काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (आइतबार) राति दुई खेलहरु हुँदैछन् ।
ओलम्पिक स्टेडियममा हुने पहिलो खेलमा भेनेजुएलाले इक्वेडरसँग खेल्नेछ । दुई टिमबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
भेनेजुएला आज पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा भेनेजुएलाले १ अंक मात्र जोड्न सकेको छ ।
समूह 'ए' मा रहेको भेनेजुएलाले २ खेलमा १ अंक जोडेको छ । र, समूहको तेस्रो स्थानमा रहेको छ ।
इक्वेडरले अंक जोड्न सकेको छैन । इक्वेडरको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा इक्वेडर पराजित भएको थियो ।
दोस्रो खेलमा कोलम्बियाले पेरुसँग खेल्नेछ । दुई टोलीबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
कोलम्बिया दोस्रो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा कोलम्बियाले एक जित र एक बराबरी खेलेको थियो ।
समूहको दोस्रो स्थानमा रहेको कोलम्बियाले ४ अंक जोडेको छ ।
पेरु पहिलो अंक जोड्न चाहन्छ । पहिलो खेलमा पराजित पेरु समूहको पुछारमा रहेको छ ।