एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे ।

समूह 'ई’ मा रहेको स्पेन आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
पोल्याण्ड भने पहिलो जितको लक्ष्यसहित मैदान उत्रने छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।


