एजेन्सी । बार्सिलोनाले फरवार्ड मेम्फिस डिपेलाई अनुबन्धन गरेको छ ।
२७ वर्षिया डच विङ्गरले फ्रि–ट्रान्सफर अन्तर्गत बार्सिलोनामा जाने निर्णय गरेका हुन् । फ्रान्सेली क्लब लियोनसंग सम्झौता सकिएसंगै डिपे बार्सिलोनामा आबद्ध भएका हुन् ।
स्पेनिस क्लब बार्सिलोनाले यस समरमा मात्र चौथो खेलाडीको रुपमा डिपेलाई अनुबन्ध गरेको छ । म्यान्चेष्टर सिटीका सर्जियो अग्युरो, इरिक गार्सियालाई अनुबन्धन गरेको बार्सिलोनाले इमर्सन रोयललाई समेत क्लबमा आबद्ध गरेको छ ।
पीएसभी र म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडी लामो समयदेखि क्याम्प नाउसंग जोडिएका थिए । उनी गत वर्षमात्र पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानसंग जोडिन चाहेका थिए । नेदरल्याण्डका पूर्व प्रशिक्षक कोम्यानसंग डिपेले दुई वर्षको सम्झौता गरेको बताईएको छ ।
कोम्यानले डिपेसंग हस्ताक्षर नभएपनि क्लबमा लगभग आउने पक्का भएको बताएको भोलिपल्ट बार्सिलोनाले औपचारिक घोषणा गरेको हो ।

नेदरल्याण्डका अन्तराष्ट्रिय खेलाडी डिपे सन् २०१७ मा म्यान्चेष्टर युनाईटेडबाट लियोनमा आबद्ध भएका थिए । उनले चार वर्ष फ्रान्सेली क्लबमा बिताउँदा १ सय ७८ खेलमा ७६ गोल गरेका थिए ।
उनको गत वर्षको प्रर्दशन अझ उत्कृष्ट रह्यो । उनले लिग वानमा २० गोल गर्दै सिजनका सर्वाधिक दोस्रो गोलकर्ता बने । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेले २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
कोम्यान नेदरल्याण्ड्सको मुख्य प्रशिक्षक रहँदा डिपेले दुई वर्षसंग रहेर खेलेका थिए । कोम्यानको नेतृत्वमा खेलिएका १८ खेलमा डिपेले ११ गोल गरेका थिए । गत अगष्टमा कोम्यान बार्सिलोनामा आबद्ध भएका थिए ।