एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले साविक विजेता पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ ।
जर्मनीको म्युनिखमा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगलमाथि जर्मनीले २-१ गोलको अग्रता बनाएको छ ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । जर्मनीका लागि दुबै गोल पोर्चुगलका डिफेन्डरले आत्मघाती गोल गरे ।
पोर्चुगलका रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिन गुसेन्सले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए ।
खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।
जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो ।
जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो ।
तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो ।
त्यसपछि खेलको ३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले २-१ को अग्रता बनाएको छ । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।
जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।