एजेन्सी । अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।
शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिगेजले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा रोड्रिगेजले निर्णायक गोल गरेका हुन् । उनले कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गरे ।

जितसँगै समूह 'ए' को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
उरुग्वेको यो पहिलो खेल हो । उरुग्वेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
उरुग्वे समूहको चौंथो स्थानमा रहेको छ ।


