एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफको १२ औं मिनेटमा जोन स्टोन्सको हेडर पोस्टमा लागेर फर्किएको थियो ।
समूह 'डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्ड भने पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग २–० गो अन्तरले स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।
इंग्ल्यान्ड र स्कटल्याण्ड २५ वर्षपछि ठुलो प्रतियोगितामा भिड्न लागेका हुन् ।