फिकायो मिलानको स्थायी खेलाडी
बिहिबार, ०३ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।
सिरी 'ए' क्लब मिलानले डिफेन्डर फिकायोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
मिलानले बिहीबार डिफेन्डर फिकायो स्थायी रुपमा क्लबका अनुबन्धित भएको जनाएको छ ।
फिकायो सन् २०२५ को जुन ३० सम्म मिलानमा रहने छन् ।
इंग्ल्यान्डका डिफेन्डर फिकायो गत सिजन लोनमा मिलान आएका थिए ।
क्लब आएको सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मिलानले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । गत सिजन उनले १७ सिरी ए खेलमा १ गोल गरेका थिए ।
२४ वर्षीय डिफेन्डर चेल्सीको प्लेईङमा पर्न असफल भएपछि उनी इटाली लागेका हुन् ।
चेल्सीको एकेडेमीमा हुर्किएका फिकायो अधिकांस सिजन लोनमा खेलेका छन् ।
इंग्ल्यान्डका लागि उनले १ खेल खेलेका छन् ।








-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

