एजेन्सी । रियल मड्रिडले कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई बिदाइ गरेको छ ।
रियलले बिहीबार कप्तान रामोसको बिदाइ गरेको हो ।
बिदाइमा रामोस भावुक बनेका थिए । बिदाइ समारोहमा बोल्दै रामोसले आफु एक दिन रियल फर्कने समेत बताए ।
'म निश्चित छु, एक दिन यहाँ फर्कनेछु । म रियल मड्रिडलाई धन्यवाद दिन चाहन्छु' रामोसले भने, 'मेरो हृदयमा सँधै राख्नेछु ।'
स्पेनिस सेन्टर ब्याक रामोस १६ वर्ष क्लबमा बसेर बिदा भएका हुन् ।
३५ वर्षीय रामोस सन् २००५ मा सेभियाबाट रियल आएका थिए ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका थिए ।
रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।
यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।
