काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले बिहीबार खोप लगाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीसँगै अफिसियलले समेत खोप लगाएको जनाएको छ ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा खेलाडीले खोप लगाएका हुन् ।
एन्फाले खेलाडी रिलिज गरेको समेत जनाएको छ ।

विश्वकप छनोट खेलेर नेपाली टिम आइतबार राति कुवेतबाट स्वदेश फर्किएका थिए ।
छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेका थिए । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।
छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा पुगेको छ ।
