सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदको बजेटमा प्रदेश सरकार कन्जुस

बुधबार, ०२ असार २०७८खेलपाटी संवाददाता
खेलकुदको बजेटमा प्रदेश सरकार कन्जुस
Loading ad...
mustang rice ad

काठमाडौं । संघीय सरकारले नयाँ आर्थिक वर्ष २०७८÷७९ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गर्यो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरे ।

कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित बनेपनि सरकारले गत वर्षभन्दा खेलकुद मन्त्रालयमा बजेट वृद्धि गरेको छ ।

सरकारले सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने नयाँ कार्यक्रम खेलकुदमा ल्याएको छ । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माणका लागि समेत बजेट छुट्टयाइएको छ ।

संघीय सरकार जस्तै प्रदेश सरकारले समेत पुर्वाधार विकासलाई केन्द्रमा राख्दै नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका छन् । तर अधिकांश प्रदेश सरकारले खेलकुदमा बजेट घटाएको देखिन्छ । धेरै प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि स्पष्ट बजेट उल्लेख गरेका छैनन् ।

सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदतर्फ ७ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलकुदको माध्यमबाट प्रदेशमा स्वास्थ्य एवम् अनुशासित युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक नर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवम् स्तरोन्नती गर्न ३ करोड २० लाख रकम विनियोजन गरेको जनाएको छ । बाजुराको मार्तडीमा वहुउद्देश्यीय खेल मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको सरकारले बताईएको छ । खेलकुद विकासका लागि प्रदेश खेलकुद नीति तर्जुमा गरी कार्यान्वयन गरिने जनाएको छ ।

त्यस्तै, मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकर्षण बढाउनका लागि ३ करोड ९० लाख विनियोजन गरेको छ । खेलाडीको वृद्धि विकास तथा सम्मानका लागि प्रदेशस्तरमा खेलाडी कल्याणकारी कोष संचालन गर्न बजेट विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले खेलकुदतर्फ २४ करोड २५ लाख बजेट विनियोजन गरेको छ । दाङको घोराहीमा निर्माण हुने नेत्रलाल अभागी रंगशालाको वातावरणीय प्रभाव मुल्याङ्कन पश्चात निर्माण शुरु गर्ने गरी १५ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै, प्रदेश खेलकुद परिषद्को माध्यमबाट खेलकुदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्न मुख्यमन्त्री रनिङसिल्ड लगायतका खेलकुद कार्यक्रम संंचालन गर्न बजेटको व्यवस्था गरेको छ । निर्माणाधीन रंगशालालाई साफ स्तरको रुपमा निर्माण गर्न, स्थानीय तह स्तरिय तथा विद्यालय खेलकुद पुर्वाधार निर्माण गर्न ९ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासका लागि भन्दै ५९ करोड रकम विनियोजन गरेको जनाएको छ ।

दशौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको देखिन्छ । 

प्रदेश–२

प्रदेश नम्बर २ सरकारले नयाँ आर्थिक बर्षमा प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रलाई विनियोजित रकम खुलाएको छैन । तर खेलकुदको विकासका लागि राष्ट्रिय खेल तथा प्रदेश नम्बर २ का लोकप्रिय, लोपोन्मुख खेललाई प्राथमिकतामा राखी आवश्यक संरचनागत व्यवस्था गरी मख्ुयमन्त्री रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशभित्र निर्माणाधिन खेलकुद पूर्वाधार निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न २९ करोड बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएका रंगशाला र कभर्डहलको संरक्षण, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहबीचको सहकार्य र साझेदारीमा गर्ने व्यवस्था मिलाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटमा खेलकुद तर्फको बजेट स्पष्ट रुपमा उल्लेख गरेको छैन । तर, समग्र खेलकुदको विकासका निम्ती खेलकुद क्षेत्रको नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको दाबी छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याएको जनाएको छ ।

प्रदेश –१

प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा खेलकुदतर्फको बजेट उल्लेख गरेको छैन । प्रदेश सरकारले प्रदेशमा खेलकुदको प्रवद्र्धन, उन्नती र विकासका लागि प्रदेश खेलकुद बोर्ड गठन गरिने जनाएको छ । सबै खेल विधालाई प्राथमिकतामा राखी मुख्यमन्त्री कप तथा राष्ट्रिय फुटबल लिग आयोजना गर्ने जनाएको छ । त्यस्तै प्रदेश सरकारले एक पालिका एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिने जनाएको छ ।

साहासिक, पर्यटकीय खेललाई प्रथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण, संचालन र व्यवस्थापनमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने व्यवस्था सरकारले मिलाएको जनाएको छ । सरकारले युवा, खेलकुद तथा श्रम तथा रोजगार क्षेत्रको विकासका लागि समग्रमा १६ करोड रुपैयाँ विनियोजन गरेको  जनाएको छ ।

                                                                                          

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन